काठमाडौँ । असोज १६,आज विजया दशमी दशैँको मुख्य दिन। नेपाली पात्रोअनुसार आश्विन शुक्ल दशमी परेको यो दिन घर–घरमा मान्यजनबाट टीका र जमरा लगाइने परम्परा रहिआएको छ। सँगसँगै, आजको दिन धार्मिक दृष्टिले पनि विशेष मानिन्छ। देवताका गुरु वृहस्पति तथा भगवान श्री हरि विष्णुको पूजा–आराधना गर्ने परम्परा रहेको आजको दिनलाई लक्ष्मी विष्णु व्रतका रूपमा पनि मनाइन्छ।
शास्त्रीय मान्यता अनुसार, यस दिन व्रत बस्नाले धन, विद्या र सन्तान प्राप्ति हुने विश्वास गरिन्छ। विशेषतः शुक्लपक्षको पहिलो बिहीबार अनुराधा नक्षत्रमा परेको दिन यो व्रत सुरु गर्नु श्रेष्ठ मानिन्छ।
पूजाको विधि
व्रतालुहरूले बिहानै उठी स्नान गरी पहेँलो वस्त्र धारण गर्नु पर्दछ। पूजा सामग्रीमा पहेंलो फूल, चन्दन मिसाएर तयार पारिएको प्रसाद भगवान विष्णु र लक्ष्मीलाई अर्पण गरिन्छ। यसरी श्रद्धा र भक्तिसाथ पूजा गरेमा घरमा सधैं शान्ति, समृद्धि र लक्ष्मीको वास हुने विश्वास गरिन्छ।
व्रतको प्रभाव बढाउनका लागि ‘ऊँ गुरवे नमः’ मन्त्रको कम्तिमा ५ माला जाप गर्ने परम्परा छ। यो व्रत १३ महिना अथवा कम्तिमा ७ महिना सम्म निरन्तर पालन गर्नुपर्ने धार्मिक मान्यता रहेको छ।




.gif)





