images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • नारायणगढ–मुग्लिन सडक निर्वाध, दशैँको नवौँ दिन...

नारायणगढ–मुग्लिन सडक निर्वाध, दशैँको नवौँ दिन सहज यात्रा

नारायणगढ–मुग्लिन सडक निर्वाध, दशैँको नवौँ दिन सहज यात्रा

images
images
बुधवार, आश्विन १५ २०८२
बुधवार, आश्विन १५ २०८२
  • काठमाडौँ । असोज १५, बडादसैँको नवौँ दिन बुधबार नारायणगढ मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ।

    images
    images

    दसैँ सुरु भएयता पटक पटक पहिरोका कारण अवरुद्ध हुँदै आएको नारायणगढ मुग्लिन सडक अहिले निर्वाध रूपमा सञ्चालनमा रहेको प्रहरी निरीक्षक प्रतीक सिंहले बताए।

    उनका अनुसार, मंगलबार साँझ इच्छाकामना गाउँपालिका–५ स्थित तुइन खोलामा खसेको लेदो सहितको पहिरोले सडक दुईतर्फी अवरुद्ध गरेको थियो। तर, साँझ ८४० बजेदेखि सडक पुनः सञ्चालनमा आएको हो।

    images
    images

    “दसैँ अवधिभर सुरक्षाकर्मीहरू २४ सै घण्टा खटिएका छन्, यात्रुहरूलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक व्यवस्था मिलाइएको छ,” प्रहरी निरीक्षक सिंहले भने।

    हाल सवारीसाधनको चाप अघिल्ला दिनको तुलनामा कम रहेको र यात्रा सहज भएको जनाइएको छ। यद्यपि तुइन खोलामा पटक–पटक पहिरो खस्ने क्रम जारी रहेकोले यात्रुहरूलाई सावधानी अपनाउन पनि प्रहरीले अनुरोध गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend