images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • सभापति देउवाबाट बडादसैँ २०८२ को शुभकामना,...

सभापति देउवाबाट बडादसैँ २०८२ को शुभकामना, संविधानभित्रै समाधान खोज्न आग्रह

सभापति देउवाबाट बडादसैँ २०८२ को शुभकामना, संविधानभित्रै समाधान खोज्न आग्रह

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँ २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ।

    images
    images

    शुभकामना सन्देश जारी गर्दै उहाँले विषम परिस्थितिमा दुर्गा भवानीले सबैमा आत्मबल र दृढशक्ति प्रदान गरुन् भन्ने कामना गर्नुभएको छ। उहाँले नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक र बहुभाषिक राष्ट्र भएको उल्लेख गर्दै यी विविधताबीचको अनुपम एकता नै नेपाली समाजको विशेषता र पहिचान भएको उल्लेख गर्नुभएको छ।

    सन्देशमा भनिएको छ, हरेक बडादसैँले समुदाय, संस्था, परिवार र व्यक्ति, व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ।ू

    images
    images

    सभापति देउवाले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ पुस्ताको प्रदर्शनका क्रममा अमूल्य जीवन गुमाएका युवा र सुरक्षाकर्मी प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकसन्तप्त परिवार प्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ।

    उहाँले भदौ २४ गतेका घटनालाई नेपालको इतिहासमा अत्यन्त दुःखद् र कल्पना भन्दा परको भन्दै राष्ट्रपति भवन, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, निजी घर–डेरा तथा सार्वजनिक र निजी सम्पत्तिहरूमा भएको तोडफोड, आगजनी र लुटपाटबाट ठूलो क्षति भएको उल्लेख गर्नुभएको छ।

    सन्देशमा देउवाले संविधानलाई मुलुकको सर्वोच्च कानुन बताउँदै कुनै पनि विशेष परिस्थिति वा राजनीतिक जटिलताको समाधान संविधानमै खोज्नुपर्नेमा जोड दिनुभएको छ। उहाँले सात दशक लामो जनसंघर्ष र जनबलिदानबाट निर्माण भएको ऐतिहासिक संविधानले नै मुलुकमा स्थायित्व, प्रगति र समस्याको समाधान सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

    उहाँले भन्नुभयो, नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा हामी सबैको योगदान अनिवार्य छ।

    दसैँलाई अन्याय माथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश बोकेको चाडका रूपमा व्याख्या गर्दै सभापति देउवाले यस पर्वले पारिवारिक स्नेह, सामाजिक सद्भाव, आपसी सहयोग र एकता सुदृढ गर्दै आएको बताउनुभयो।

    शुभकामना सन्देशमार्फत देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई नेपाली कांग्रेस र आफ्नातर्फबाट दसैँको मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend