images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • ठाउँठाउँमा राजमार्ग अवरुद्ध, कोसी, अरनिको र...

ठाउँठाउँमा राजमार्ग अवरुद्ध, कोसी, अरनिको र पासाङल्हामु सडकखण्ड ठप्प

ठाउँठाउँमा राजमार्ग अवरुद्ध, कोसी, अरनिको र पासाङल्हामु सडकखण्ड ठप्प

images
images
सोमवार, आश्विन १३ २०८२
सोमवार, आश्विन १३ २०८२
  • काठमाडौँ । असोज १३, देशका विभिन्न भूभागमा परेको लगातारको वर्षा, बाढी र पहिरोका कारण सोमबार (असोज १३) सम्ममा ६ स्थानमा राजमार्ग पूर्ण वा आंशिक रूपमा अवरुद्ध भएका छन्।

    images
    images

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेका अनुसार सङ्खुवासभा, सिन्धुपाल्चोक र रसुवा जिल्लाका विभिन्न ठाउँमा मुख्य राजमार्गहरू अवरुद्ध रहेका छन्।

    सङ्खुवासभामा कोसी राजमार्ग ठप्प
    सङ्खुवासभाको भोटखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३, एकुवा क्षेत्रमा अविरल वर्षाका कारण कोसी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। मकालुको सडक खण्ड त लामो समयदेखि नै सञ्चालनमा आउन सकेको छैन।

    images
    images

    रसुवामा पासाङल्हामु राजमार्ग प्रभावित
    रसुवाको गोसाइँकुण्ड नगरपालिका–२ मा पहिरोका कारण पासाङल्हामु राजमार्ग अवरुद्ध छ। सो सडक चीनसँगको महत्वपूर्ण नाका जोड्ने मार्ग भए पनि सञ्चालनमा आउन सकेको छैन। तातोपानी क्षेत्रमा पनि आजै पहिरो खसेर मार्ग ठप्प भएको छ।

    सिन्धुपाल्चोकमा अरनिको राजमार्गमा समस्या
    सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७, एककिलोमा आइतबार देखि निरन्तर परेको वर्षाका कारण आएको पहिरोले अरनिको राजमार्ग अवरुद्ध भएको छ। त्यस्तै, भोटेकोसी गाउँपालिका–२ बाह्रकिलोमा आज खसेको पहिरोले पनि सोही राजमार्ग पूर्ण रूपमा रोकिएको प्रहरीको भनाइ छ।

    नारायणगढ–मुग्लिन सडक सञ्चालनमा
    यसैबीच, नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत तुइन खोलामा खसेको पहिरो पन्छाएर आज बिहान देखि यातायात पुनः सञ्चालनमा आएको प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend