images

२०८३ आश्विन १६ गते

images
images
images

मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारणसभा सम्पन्न

मुक्तिनाथ क्यापिटलको १६औँ वार्षिक साधारणसभा सम्पन्न

images
images
आइतवार, आश्विन १२ २०८२
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौँ । असोज १२, मुक्तिनाथ क्यापिटल लिमिटेडको १६औँ वार्षिक साधारणसभा असोज १० गते राजधानीको हात्तीसारस्थित आरण्य बुटिक होटलमा सम्पन्न भएको छ। सभाको अध्यक्षता क्यापिटलका अध्यक्ष समीर शेखर बज्राचार्यले गरेका थिए।

    images
    images

    सभाले आव २०८१।०८२ को नाफा नोक्सान हिसाब, वासलात, नगद प्रवाह विवरण र सम्बन्धित अनुसूचीहरू छलफल गरी पारित गर्नुका साथै चुक्ता पुँजीको ९ प्रतिशतका दरले नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव अनुमोदन गरेको छ।

    त्यसैगरी, आर्थिक वर्ष २०८२।०८३ का लागि लेखा परीक्षण गर्न एनविएसएम एन्ड एसोसियट्स, चाटर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्त गरिएको छ।

    images
    images

    सभामा गत आर्थिक वर्षको लेखापरिक्षक प्रतिवेदन सहितको वित्तीय विवरण माथि छलफल गरी पारित गरिएको हो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend