images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ह्याविट्याट पावर कम्पनीको साधारण सेयरको निष्कासन...

ह्याविट्याट पावर कम्पनीको साधारण सेयरको निष्कासन हुँदै

ह्याविट्याट पावर कम्पनीको साधारण सेयरको निष्कासन हुँदै

images
images
मंगलवार, भाद्र १८ २०८१
मंगलवार, भाद्र १८ २०८१
  • काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी प्रमुख प्रवर्द्धक रहेको ह्याविट्याट पावर कम्पनी लिमिटेडले साधारण सेयर जारी गर्ने भएको छ ।

    images
    images

    आफ्नो  जारी पुँजी रु. ५५ करोडको २० प्रतिशत अर्थात् रु.१०० अङ्कित दरको ११,००,००० कित्ता शेयर सर्वसाधारणहरूमा जारी गर्न लागिएको कम्पनीले जनाएको छ । 

    त्यसकालागि मुक्तिनाथ क्यापिटललाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ । 

    images
    images

    जसअनुसार कम्पनीले जारी पुँजीको १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूको लागि र बाँकी १० प्रतिशत अर्थात् ५,५०,००० कित्ता साधारण शेयर सर्वसाधारणहरूलाई जारी गर्ने जनाएको छ । 

    शेयर निष्कासन सम्बन्धी सम्झौता पत्रमा ह्याविट्याट पावर कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष वटु लामिछाने तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कवीन्द्र ध्वज जोशीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend