images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • चितवनमा तुइनखोलाको पहिरो हटाइयो, आजै रातिदेखि...

चितवनमा तुइनखोलाको पहिरो हटाइयो, आजै रातिदेखि सवारी सञ्चालनमा

चितवनमा तुइनखोलाको पहिरो हटाइयो, आजै रातिदेखि सवारी सञ्चालनमा

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • चितवन । असोज ९, चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत तुइनखोलामा खसेको पहिरो हटाइएको छ। तीन दिनदेखि अवरुद्ध रहेको राजमार्ग आजै रातिदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभएको छ।

    images
    images

    पहिरो हटाएपछि सडकको दुवैतर्फ सवारी सञ्चालन गर्न मिल्ने गरी किनार सफा गर्दै सडक फराकिलो बनाउने कार्य भइरहेको छ। सूचना अधिकारी आचार्यका अनुसार, रोकिएका सवारीको चाप धेरै भएकाले एकैपटक दुबैतर्फको सवारी सञ्चालन गर्ने गरी तयारी गरिएको हो।

    मङ्गलबार साँझ खसेको पहिरो पन्छाउने कार्य बुधबार बिहान देखि सुरु भएको थियो। बिहीबार भरि पनि सफाइ तथा पहिरो हटाउने काम जारी रह्यो। अघिल्ला दिनहरूमा राति काम बन्द गरिँदै आएकोमा बिहीबार साँझ ६ः०० बजेदेखि बत्ती बालेर निरन्तर काम गरिएको जनाइएको छ।

    images
    images

    उक्त स्थानमा यसअघि असोज ३ गते पनि पहिरो खसेको थियो। त्यो समय ४६ घण्टापछि सडक सञ्चालनमा आएको थियो। तर केही घण्टामै पुनः ठूलो पहिरो खस्दा मङ्गलबार साँझ देखि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको थियो।

    पहिरो हटाउन ६ वटा उपकरण प्रयोग गरिएको र अहिले धमाधम सडक सफा गर्ने कार्य भइरहेको जानकारी दिँदै सूचना अधिकारी आचार्यले केहीबेरमै सडक खुल्ने जनाउनुभयो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend