काठमाडौँ । असोज ९, सरकारले चार जना सचिवहरूको सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले राजस्व, गृह, रक्षा तथा राष्ट्रिय योजना आयोगमा कार्यरत सचिवहरूको कार्यक्षेत्र परिवर्तन गरेको हो।
अर्थ मन्त्रालयका राजस्व सचिव दिनेश घिमिरेलाई सरकारले प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा गरेको छ। साथै, गृह सचिव गोकर्णमणि दुवाडीलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ।
सरकारले रक्षा सचिव रामेश्वर दंगाललाई गृह मन्त्रालयको सचिवमा ल्याएको छ भने राष्ट्रिय योजना आयोगका सचिव सुमनराज अर्याललाई रक्षा मन्त्रालयको सचिवमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार, यस सरुवाले प्रशासनिक कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्य लिएको बताइएको छ।




.gif)





