images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय...

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन

चाडपर्वलाई मध्यनजर गर्दै जनकपुरमा १२ सय बढी सुरक्षाकर्मी परिचालन

images
images
बिहिवार, आश्विन ९ २०८२
बिहिवार, आश्विन ९ २०८२
  • धनुषा । दसैँको समयमा हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गरेर जनकपुरधाममा सुरक्षा मजबुत बनाइएको छ । दसैँमा जनकपुरधाममा श्रद्धालु भक्तजनहरूको घुइँचो लाग्ने भएकोले सुरक्षा चुनौती थपिएको हो । जसकारण सुरक्षा मजबुत बनाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ  । दसैँलाई सुरक्षित बनाउनका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले नगरको विभिन्न प्रवेशद्वारमा चेक प्वाइन्ट, गाउँ गाउँमा गस्ती टोलीका साथै सादा पोसाकमा समेत प्रहरी परिचालन गरेको छ । चाडबाडको समयमा सुरक्षाका लागि ८ सय ५ नेपाल प्रहरीका साथै ४ सय ५० सशस्त्र प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक नरहरि रेग्मीले बताए । 

    images
    images

    जनकपुरधाममा चाडबाडको समयमा अन्य समयको तुलनामा भिडभाड हुने भएकाले जिल्ला प्रहरीले नगरका साथै धनुषाका गाउँ गाउँमा सुरक्षा गस्ती बढाएको छ । यसका साथै कुनै त्यस्तो अवाञ्छित क्रियाकलाप देखिएमा प्रहरीलाई जानकारी दिन प्रहरी उपरीक्षक रेग्मीले आग्रह गरे । उनले सहरी क्षेत्रमा ५ मिनेट भित्र पुग्ने तथा ग्रामीण क्षेत्रमा १० मिनेट भित्र पुग्ने गरी तयारी गरिएको बताए । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend