images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई...

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

गोल्छा ग्रुपद्वारा ट्राफिक प्रहरी कार्यालय बग्गीखानालाई २० थान मोटरसाइकल हस्तान्तरण

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौं । गोल्छा ग्रुपले काठमाडौं उपत्यका ट्राफिक कार्यालय (बग्गीखाना) लाई २० थान बजाज मोटरसाइकल हस्तान्तरण गरेको छ।मंगलबार रामशाहपथस्थित ट्राफिक प्रहरी कार्यालय बग्गी खानाको कार्यालयमा आयोजित एक कार्यक्रमका बीच ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यले २० थान मोटरसाइकल हस्तान्तरण गरेको हो। देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै सामाजिक उत्तरदायित्व अन्तर्गत बग्गीखानालाई मोटरसाइकल वितरण गरेको गोल्छा ग्रुपले जनाएको छ।

    images
    images

     बजाज मोटरसाइकल हस्तान्तरण गर्दै गोल्छा ग्रुपका अध्यक्ष एवं प्रबन्ध निर्देशक शेखर गोल्छाले भने, “अहिलेको समय हाम्रो व्यवसायमा के भएको छ, हाम्रो घरमा के भएको छ त्यो हेर्ने होइन, राज्य बाँच्ने हो भने मात्र हामी बाँच्छौं। राज्यविहीनताको अवस्थामा कोही पनि सुरक्षित हुन सक्दैन। ” राज्यलाई थप बलियो बनाउन सबै एकजुट हुनैपर्ने उनको भनाइ छ। “अहिलेको समय प्रसव पीडाजस्तै हो, यो परिवर्तनले नयाँ पुस्ताले देखेको सपना साँच्चिकै पूरा हुने विश्वास लिएको छु”, उनले भने।

    सबैका लागि कठिन समय भएको बताउँदै अध्यक्ष गोल्छाले अहिले निराश हुनुपर्ने छुट कसैलाई नभएको धारणा राखे। देशको विषम परिस्थितिमा आआफ्नो ठाउँबाट सहयोग गर्दा मात्र समस्या समाधान हुनसक्ने विश्वास व्यक्त गरेका छन् ।“हाम्रो सडक सुरक्षा, हाम्रै दायित्वःसहकार्य गोल्छा ग्रुपको ट्राफिक प्रहरीसँग” भन्ने मूल मर्मलाई आत्मसात गर्दै विपद्का बेला गोल्छा ग्रुपले आवश्यक सहयोग प्रदान गर्दै आइरहेको छ। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौं उपत्यका ट्राफिक कार्यालय मातहतका भवन र मोटरसाइकलहरुमा समेत क्षति पुगेको थियो।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend