न्यूयोर्क । फ्रान्सले संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइनलाई एक देशको रूपमा मान्यता दिने घोषणा गरेको छ । यसअघि आइतबार बेलायत, क्यानडा, अष्ट्रेलिया र पोर्चुगलले औपचारिक रूपमा प्यालेस्टाइनलाई मान्यता दिएका थिए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यसमा प्रतिक्रिया दिएका छन् । ‘राज्यको दर्जा प्यालेस्टिनीहरूको लागि अधिकार हो, पुरस्कार होइन ।’ गुटेरेसले भने । राज्यको दर्जा दिन अस्वीकार गर्नु विश्वभरका अतिवादीहरूका लागि उपहार हुने पनि उनले बताए ।
इजरायल र प्यालेस्टाइन बीचको दिगो शान्तिको लागि दुई–राज्य समाधान एक मात्र मार्ग हो भनेर पनि उनले जोड दिए । गुटेरेसले भने, ‘दुई–राज्य समाधान नै इजरायल र प्यालेस्टाइनका जनताको लागि दिगो शान्ति र मध्यपूर्वमा व्यापक शान्ति र सुरक्षाको लागि एक मात्र विश्वसनीय मार्ग हो ।’ आइतबार बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई एक राज्यको रूपमा मान्यता दिएपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यसलाई आतंकवादको लागि ठुलो पुरस्कार बताएका थिए ।




.gif)



