काठमाडौं । पहिरोका कारण नागढुंगा–मुग्लिन सडक खण्ड पनि अवरुद्ध भएको छ । उक्त सडक खण्डको जवाङ्ग खोलानजिकै पहिरो जाँदा सडक दुई तर्फी रुपमै अवरुद्ध भएको छ ।सडक डिभिजन भरतपुरका अनुसार गए राति पहिरो खसेपछि सडक दुवैतर्फ अवरुद्ध भएको हो ।
सवारी साधनले लेन अनुशासन पालना नगर्दा पहिरो पन्छाउने उपकरण पहिरो गएको क्षेत्रमा पुग्नसमेत समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।पहिरोले सडक अवरुद्ध भएको र पहिरो पन्छाउने मेशिनसमेत नपुगेकाले वैकल्पिक सडक हुँदै सुरक्षित यात्रा गर्न सडक डिभिजनको अनुरोध छ ।
उता, मुग्लिन–नारायणघाट सडक तुइन खोलानजिकको पहिरो भने पन्छाएर सवारी नियमित सञ्चालन भइरहेको सडक डिभिजन भरपुरले जनाएको छ ।उक्त स्थानमा सुख्खा पहिरो नियमित झरेपछि साइटमा तैनाथ मेसिनले सफा गर्दै आवागमन सुचारू रहेको सडक डिभिजनले जनाएको हो ।




.gif)





