images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • मन्त्रीको सूचीबाट काटियो डा. मिश्राको...

मन्त्रीको सूचीबाट काटियो डा. मिश्राको नाम

मन्त्रीको सूचीबाट काटियो डा. मिश्राको नाम

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । आइतबार साँझ डा. मिश्रालाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेकी प्रधानमन्त्री कार्कीले उनको विवादास्पद विगत सार्वजनिक भएसँगै राष्ट्रपति कार्यालय शीतल निवासमा पठाएको मन्त्री नियुक्ति सिफारिसको फाइल फिर्ता मगाएकी थिइन् ।

    images
    images

    सोमबार बिहान ७ बजे राष्ट्रपति कार्यालयबाट मन्त्री नियुक्तिका लागि सिफारिस गरिएको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा फिर्ता पुगेको थियो । त्यसपछि त्यो फाइल सोमबार बिहान ९ बजे राष्ट्रपति कार्यालयमा फिर्ता पठाउँदा डा. मिश्राको नाम काटेर प्राप्त भएको राष्ट्रपति कार्यालय स्रोतले जानकारी दियो ।‘हिजो राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट आएको फाइलमा डा. संगीता कौशल मिश्राको नाम स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा सिफारिस भएर आएको थियो । त्यो फाइल कार्यालयले आज बिहान ७ बजे फिर्ता माग्यो । त्यो फाइल सच्चिएर बिहान ९ बजे कार्यालयमा फिर्ता आउँदा उहाँको नाम छैन,’ राष्ट्रपति कार्यालय स्रोतले भन्यो ।

    अब तीन बजे राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हालाई कानुन न्याय तथा संसदीय मामिला, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री, मदन परियारलाई कृषि तथा पशुपक्षी विकास, जगदिश खरेललाई सञ्चार तथा सूचना प्रविधि तथा महाबिर पुनलाई शिक्षा विज्ञान तथा प्रविधिमन्त्रीको शपथ गराउने तयारी भएको कार्यालय स्रोतले जानकारी दियो ।

    images
    images

    आइतबार कार्कीले डा. मिश्रासहित ५ मन्त्रीको नाम सिफारिस गरेकोमा उनको नाम काटिएपछि चार मन्त्रीको शपथ हुने निश्चित भएको हो । यसअघि ४ सदस्यीय मन्त्रिपरिषद्‍मा आज ४ जना थपिएपछि ८ ससदस्यीय हुने भएको छ ।गत भदौ २७ गते प्रधानमन्त्रीमा नियुक्त भएकी कार्कीले २९ गते कुलमान घिसिङ, रामेश्वर खनाल र ओमप्रकाश अर्याललाई मन्त्री नियुक्त गरेकी थिइन् । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend