images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • मुग्लिन–नारायणगढ सडक आज दिउँसो १ बजेदेखि...

मुग्लिन–नारायणगढ सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द हुने

मुग्लिन–नारायणगढ सडक आज दिउँसो १ बजेदेखि ३ बजेसम्म बन्द हुने

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • काठमाण्डौ ।  मुग्लिन–नारायणगढ सडकखण्ड आज दिउँसो दुई घण्टा बन्द हुने भएको छ । मुग्लिन नजिकै तुइन खोला पुल नजिक खसेको पहिरो पन्छाउनका लागि सडक बन्द गर्न लागिएको हो । दिउँसो १ बजेदेखि ३ बजेसम्म सडक बन्द गरेर बाँकी पहिरो हटाउनका लागि सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    images
    images

    कार्यालयले सडक बन्द भएको र सञ्चालनमा रहेको बेलामा पनि लेन अनुशासनमा रहेर गाडी चलाउन चालकहरुसँग अनुरोध गरेको छ । मुग्लिनबाट झन्डै साढे दुई किलोमिटर टाढा रहेको तुइनखोला पुल नजिकै एकतर्फी मात्रै गाडी सञ्चालन भएकाले लेन अनुशासन पालना गर्न कार्यालयले आग्रह गरेको हो ।

    तुइनखोलामा गएको शुक्रवार पहिरो खसेर अवरुद्ध भएको सडक हिजो दिउँसो अबेर मात्रै एकतर्फी रूपमा सञ्चालनमा आएको हो । पहिरोको जोखिमका कारण गएराति सडक बन्द गरेर बिहानदेखि फेरि खुलाइएको हो । यो ठाउँमा पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन चितवन प्रहरीले आग्रह गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend