images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए...

प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए यस्तो सन्देश

प्यालेस्टाइनलाई मान्यता दिने नेताहरूलाई नेतन्याहुले दिए यस्तो सन्देश

images
images
सोमवार, आश्विन ६ २०८२
सोमवार, आश्विन ६ २०८२
  • तेल अभिभ । बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिएपछि इजरायल यी देशसँग रुष्ट छ । यसैबिच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले अमेरिकाबाट फर्केपछि यस मामिलामा प्रतिक्रिया दिने इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाएकाे छ ।नेतान्याहूले एक विज्ञप्ति जारी गर्दै भनेका छन्– ‘कुनै प्यालेस्टिनी राज्य हुनेछैन । हाम्रो भूमिको बिचमा आतङ्कवादी राज्य थोपर्ने हालैको प्रयासको जवाफ म अमेरिकाबाट फर्केपछि दिइनेछ ।’

    images
    images

    ‘अक्टोबर ७ मा भएको नरसंहार पछि प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिने नेताहरूलाई मेरो स्पष्ट सन्देश यो हो कि तपाईंहरू आतङ्कवादलाई ठुलो इनाम दिइरहनुभएको छ’ अझ अगाडि उनले भनेका छन् । ‘म सँग अर्को एउटा पनि सन्देश छ, यो सम्भव हुनेछैन । जोर्डन नदीको पश्चिममा कुनै प्यालेस्टिनी राज्य हुनेछैन’ विज्ञप्तिमा भनिएको छ । आइतबार, बेलायत, क्यानडा र अस्ट्रेलियाले प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिएका थिए ।

    यसपछि इजरायली विदेश मन्त्रालयले प्यालेस्टाइनलाई देशको रूपमा मान्यता दिनु जिहादी हमासको लागि इनाम बाहेक अरू केही नभएको बताएका थिए । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend