images

२०८३ आश्विन १८ गते

images
images
images

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग साँझसम्म खुल्ने

पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग साँझसम्म खुल्ने

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौँ । पहिरोका कारण अवरुद्ध रहेको पृथ्वीराजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ। पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन-नारायणघाट सडकखण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ।

    images
    images

    सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए।‘मुख्य समस्या पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन-नारायणघाट सडकखण्ड र अरनिको राजमार्गमा देखिएको छ। मुग्लिन-नारायणघाट सडकखण्ड आज साँझसम्म नै सञ्चालन गर्ने गरी काम अगाडि बढाएका छौँ। अरनिको राजमार्ग ठूलो वर्षा नभए तीन दिनभित्र सञ्चालन गर्ने गरी पहिरो पन्छाउने काम भइरहेको छ’,उनले भने,‘दसैँमा उपत्यकाबाट बाहिरिने यात्रु बाटोमा अलपत्र नपरून् भन्ने हो।’

    विभागका अनुसार पृथ्वीराजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी-रसुवागढी,रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथांका (कोशी राजमार्ग) लगायतका हाल देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध छन्। यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend