images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • वीरगञ्ज महानगरको बजेट ‘जेनजी’ प्रदर्शनपछिको पुनःनिर्माणमा...

वीरगञ्ज महानगरको बजेट ‘जेनजी’ प्रदर्शनपछिको पुनःनिर्माणमा केन्द्रित

वीरगञ्ज महानगरको बजेट ‘जेनजी’ प्रदर्शनपछिको पुनःनिर्माणमा केन्द्रित

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । पर्सा,वीरगञ्ज महानगरपालिका चालु आर्थिक वर्ष २०८२।८३ का लागि विनियोजित बजेटको प्राथमिकता पुनःनिर्धारण गर्दै ‘जेनजी’ प्रदर्शनका क्रममा भएको तोडफोड र क्षतिको पुनःनिर्माणमा केन्द्रित भएको छ।

    images
    images

    महानगरपालिकाले भदौ २३ र २४ गते भएको जेनजी समूहको प्रदर्शनमा सार्वजनिक र सरकारी संरचना, भवन तथा सवारीसाधनमा भएको क्षतिको पुनःनिर्माणका लागि बजेट खर्च गर्ने निर्णय गरेको हो।

    आज सम्पन्न २८औँ विशेष नगरसभा अधिवेशनले पुनःनिर्माण सम्बन्धी प्रस्तावलाई सर्वसम्मत पारित गरेको छ।

    images
    images

    महानगर प्रमुख राजेशमान सिंहले संशोधित बजेट प्रस्तुत गर्दै प्रारम्भिक योजनाहरू परिवर्तन गर्नुपरेको जानकारी दिए। उनका अनुसार, पूर्वनिर्धारित रु ३ अर्ब २२ करोड ४८ लाख ४९ हजारको बजेट पुनःसंरचना गरी करिब ३० करोड रकम पुनःनिर्माणका लागि विनियोजन गरिएको छ।

    संशोधित बजेटले प्रशासनिक भवन निर्माण, सवारीसाधन तथा मेसिनरी उपकरण खरिद, कार्यालय सामग्री तथा मर्मत, बिजुली तथा अन्य आवश्यक खर्चहरूमा रकम खर्च गर्ने प्रावधान गरेको छ।

    त्यस्तै, प्रदर्शनको क्रममा काठमाडौँमा प्रहरीले गोली चलाउँदा मृत्यु भएका वीरगञ्ज वडा नं. १२ का असहाब आलमको परिवारलाई रु ५ लाख सहायता दिने प्रस्ताव पनि नगरसभाबाट पारित गरिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend