images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • नारायणगढ–मुग्लिन सडक पहिरोले अवरूद्ध, हजारौं यात्रु...

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरूद्ध, हजारौं यात्रु अलपत्र

नारायणगढ–मुग्लिन सडक पहिरोले अवरूद्ध, हजारौं यात्रु अलपत्र

images
images
शनिवार, आश्विन ४ २०८२
शनिवार, आश्विन ४ २०८२
  • काठमाडौँ । असोज ४, चितवनको तुइन खोलामा गएको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड पूर्ण रूपमा अवरूद्ध भएको छ। शुक्रबार साँझ ६ः०० बजेदेखि निरन्तर रुपमा पहिरो खसिरहेकाले उक्त सडक खण्ड दुबैतर्फबाट ठप्प भएको हो, जसका कारण करिब एक हजार यात्रु बाटोमै अलपत्र परेका छन्।

    images
    images

    चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार पहिरो जाने क्रम नरोकिएकाले सडक सञ्चालनमा ठूलो कठिनाइ आएको छ। ‘हिजो साँझ देखि अहिले सम्म लगातार पहिरो खसिरहेको छ। यस्तो अवस्थामा पहिरो पन्छ्याउने काम जोखिमपूर्ण र जटिल छ,’ अर्यालले बताए।

    सडक अवरूद्ध भएपछि काठमाडौँ तर्फ जाने र फर्किने सबै प्रकारका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। यात्रुहरू भोकभोकै अलपत्र परेको अवस्थामा रहेका छन्। प्रशासनले स्थानीय समाजसेवीहरू सँगको सहकार्यमा चाउचाउ, चिउरा, दालमोठ र पानी लगायतका राहत सामग्री वितरणको तयारी गरेको छ।

    images
    images

    डिभिजन सडक कार्यालयका अनुसार पहिरो झर्ने स्थान मुग्लिनबाट करिब २.५ किलोमिटर दक्षिणतर्फ पर्दछ र झन्डै १०० मिटर माथिबाट पहिरो खसेको हो। निरन्तर पहिरो खसि रहेकाले डोजर तथा अन्य उपकरण मार्फत पन्छ्याउने प्रयासमा कठिनाइ भइरहेको जनाइएको छ।

    प्रमुख जिल्ला अधिकारी अर्यालले शनिबार पनि सडक सञ्चालन हुने सम्भावना निकै न्यून रहेको जानकारी दिएका छन्। ‘यदि यस्तो अवस्था यथावत् रह्यो भने आज पनि सडक खुल्ने सम्भावना छैन,’ उनले भने।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend