images

२०८३ आश्विन १८ गते

images
images
images
  • विमा
  • थप दुई शाखा कार्यालय बन्द गर्ने...

थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

थप दुई शाखा कार्यालय बन्द गर्ने सूर्यज्योति लाइफको निर्णय

images
images
सोमवार, भाद्र १७ २०८१
सोमवार, भाद्र १७ २०८१
  • काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले थप दुई वटा शाखा कार्यालय बन्द गर्ने निर्णय गरेको छ । कम्पनीले महोत्तरी र पाल्पास्थित चार वटा शाखा कार्यालय एकआपसमा गाभ्ने भएको हो ।

    images
    images

    महोत्तरी जिल्लाको रामगोपालपुर वडा नम्बर ५ स्थित रामगोपालपुर शाखा कार्यालय सोही जिल्लाको जलेश्वर नगरपालिका वडा नम्बर २ स्थित जलेश्वर शाखा कार्यालयमा गाभ्ने निर्णय गरिएको कम्पनीले जनाएको छ । कार्यालय गाभिने भएसँगै अब रामगोपालपुरका अभिकर्ता र बीमितहरूलाई बीमा सेवाका लागि जलेश्वर शाखासम्म धाउन पर्ने भएको छ ।

    त्यस्तै कम्पनीले पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नम्बर ४ मा रहेको पाल्पा सिलखन टोल र पाल्पा तानशेन शाखा कार्यालय पनि आपसमा गाभ्ने भएको छ । शाखा कार्यलय गाभिएपश्चात् कम्पनीले हाल पाल्पा सिलखन टोल शाखा रहेको कार्यालयबाट सेवा प्रवाह गर्नेछ भने पाल्पा तानशेन शाखा कार्यालय बन्द हुनेछ ।

    images
    images

    यी गाभिएर बनेको शाखाबाट कम्पनीले असोज १ गतेदेखि सेवा प्रवाह गर्ने जनाएको छ । पछिल्लो समय सूर्यज्योति लाइफले धमाधम शाखा कार्यालयहरू मर्ज गर्दै गइरहेको छ ।

    1.jpg

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend