images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • पहिरोका कारण बुटवल–नारायणगढ सडकमा सवारी आवागमन...

पहिरोका कारण बुटवल–नारायणगढ सडकमा सवारी आवागमन ठप्प

पहिरोका कारण बुटवल–नारायणगढ सडकमा सवारी आवागमन ठप्प

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । असोज ३, पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने क्षेत्रमा लगातारको वर्षापछि आएको पहिरोका कारण सडक बन्द भएको हो।

    images
    images

    जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख जनकराज बन्जाराले जानकारी दिनुहुँदै भन्नुभयो, “दाउन्ने क्षेत्रमा बुधबार बिहानदेखि सडक एकतर्फी मात्र सञ्चालनमा थियो। तर आज दिउँसो पुनः पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।”

    उहाँका अनुसार हल्का वर्षामा पनि सडक चिप्लो हुने भएकाले गाडी चलाउन कठिन भइरहेको थियो। हिलोको कारण ट्रकहरू फस्ने र थप समस्या उत्पन्न भएको बताइएको छ।

    images
    images

    सडक अवरोधका कारण सवारी आवागमन ठप्प भएको छ भने नारायणगढ–बुटवल सडक आयोजनाले पहिरो पन्छाएर सडक खुलाउने प्रयास जारी रहेको जनाएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend