images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम...

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

चाडपर्वलाई लक्षित गरी पर्यटक बसको अग्रिम टिकट बुकिङ खुला

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी पर्यटक बसले पर्यटकीय गन्तव्यमा जाने यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टुरिष्ट बस एसोसिएसन अफ नेपाल (टिवान) ले आन्तरिक तथा बाह्य पर्यटकका लागि चाडपर्वमा सुरक्षित र भरपर्दो यात्रा गराउने उद्देश्यले अग्रिम टिकट बुकिङ खुला गरेको हो ।

    images
    images

    टिवानका अध्यक्ष भीष्म न्यौपानले काठमाडौँ, पोखरा, सौराहालगायतका पर्यटकीय गन्तव्यमा चाडपर्वमा जाने यात्रुको सहजताका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको जानकारी दिए । उक्त बस टिकट खल्ती र इसेवालगायतका अनलाइन माध्यमबाट काट्न सकिने उनले बताए ।

    हाल काठमाडौँको सोह्रखुट्टे सडकबाट नेपालका विभिन्न पर्यटकीय गन्तव्यमा २०० भन्दा बढी बसले आन्तरिक तथा बाह्य पर्यटकलाई सेवा प्रदान गर्दै आएका छन् ।  यस्तै, दसैँका लागि आन्तरिक उडानका अधिकांश हवाई टिकट बिक्री भइसकेका छन् । हवाई क्षेत्रको अग्रणी संस्था यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौैला दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बिक्री भइसकेको बताउँछन् । ‘अधिकांश यात्रुले हवाई टिकट होल्ड गरेर राखेको अवस्था छ,’ उनले भने ।

    images
    images

    यसैगरी, यातायात व्यवसायीले भने यसवर्ष दसैँका लागि बसको अग्रिम टिकट बुकिङ नखोल्ने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले जेनजीको प्रदर्शनका कारण क्याम्पसहरु बन्द हुँदा अधिकांश यात्रुहरु घर गइसकेकाले अग्रिम टिकट बुकिङ नखोलिएको बताए ।अध्यक्ष स्वाँरले पाँच दिन पछि जाने यात्रुका लागि पाँच दिन अगाडि नै टिकट काट्ने व्यवस्था अहिले पनि कायमै रहेकाले अग्रिम टिकट लिनसमेत यात्रुलाई आग्रह गरे । दसैँका लागि भनेर अग्रिम टिकट बुकिङ खुला नगरेको उनको भनाइ थियो ।

    सरकारले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । उक्त सहायता कक्षको बिहीबार काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीले शुभारम्भ गरेका थिए ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend