images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • अरनिको राजमार्ग एक सातामा सञ्चालनमा ल्याउने...

अरनिको राजमार्ग एक सातामा सञ्चालनमा ल्याउने तयारी

अरनिको राजमार्ग एक सातामा सञ्चालनमा ल्याउने तयारी

images
images
शुक्रवार, आश्विन ३ २०८२
शुक्रवार, आश्विन ३ २०८२
  • काठमाडौँ । सरकारले पहिरोले अवरुद्ध भएको अरनिको राजमार्गको कोदारी खण्ड तत्काल मर्मत गरी खुलाउने भएको छ । २०८२ साल भदौ ८ गतेदेखि पूर्ण रूपमा अवरुद्ध रहेको यो राजमार्गको मर्मत शुक्रबारदेखि सुरु गरी एक साताभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको हो ।

    images
    images

    सडक अवरुद्ध हुँदा तातोपानी नाका ठप्प भएको छ । गत साउन १८ गते सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ मा इको पहिरोु खसेर सडक अवरुद्ध भएको थियो । सडक डिभिजन चरिकोटले मर्मत गरी भदौ ५ गते एकतर्फी सडक सञ्चालनमा ल्याए पनि तीन दिनपछि फेरि पूर्ण रूपमा बन्द भयो ।

    लगातारको वर्षा र लेदो खस्दा मर्मत कार्यमा कठिनाइ भएको थियो । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागलाई तत्काल राजमार्ग खुलाउन निर्देशन दिएका छन् । मन्त्रीको निर्देशनपछि महानिर्देशक विजय जैसीसहितको टोलीले बिहीबार स्थलगत निरीक्षण गरेको छ ।यसअघि बस्ती जोखिममा पर्ने भन्दै स्थानीयले मर्मतमा अवरोध गरिरहेका थिए । तर, अहिले बस्ती जोगाएर मर्मत गर्ने सहमति भएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend