images

२०८३ आश्विन १६ गते

images
images
images

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्य

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • बुटवल । लुम्बिनी प्रदेशसभाको चालु छैटौँ अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरले गत भदौ ३१ गते राति १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको अधिवेशन अन्त्य गरेका हुन्। प्रदेशसभाका सचिव दुर्लभ कुमार पुनले बिहीबार सूचना जारी गर्दै सो जानकारी दिएका छन्। उनले हिजो बिदा परेकाले आज सूचना जारी गरिएको बताए।

    images
    images

    नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको र लुम्बिनी प्रदेशसभा नियमावली, २०७९ को नियम ३ को उपनियम ३ बमोजिम प्रदेशसभा सदस्यहरूलाई जानकारी गराउन यो सूचना प्रकाशित गरिएको बताइएको छ।गत वैशाख ३१ गतेदेखि सुरु भएको छैटौँ अधिवेशनमा कुल १७ वटा बैठक बसेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।ssssssssss

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend