images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • रौतहटमा सुशासन प्रवर्द्धन र नियन्त्रणका लागि...

रौतहटमा सुशासन प्रवर्द्धन र नियन्त्रणका लागि १९ बुँदे निर्णय

रौतहटमा सुशासन प्रवर्द्धन र नियन्त्रणका लागि १९ बुँदे निर्णय

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको छ ।बिहीबार प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काको अध्यक्षतामा जिल्लास्थित स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरूको उपस्थितिमा बसेको बैठकले सुशासन प्रवर्द्धन र भ्रष्टाचार नियन्त्रणका लागि १९ बुँदे निर्णय गरेको हो।बैठकले सुशासनमा हाम्रो प्रतिबद्धता, भ्रष्टाचार विरुद्ध हाम्रो कटिबद्धता अभियानलाई प्रभावकारी बनाउन विभिन्न ठोस कदम चाल्ने सहमति गरेको छ । 

    images
    images

    अबदेखि कार्यालय बाहिर वा जिल्लाबाहिर काम गर्ने क्रममा सरकारी इन्धन, सवारी साधन वा अन्य सुविधा व्यक्तिगत प्रयोजनमा प्रयोग गर्न पाइने छैन । व्यक्तिगत प्रयोजनका लागि खर्च भएको बिल बुझाइने र भुक्तानी गरिने प्रथालाई पूर्णरूपमा रोक लगाइएको छ ।त्यस्तै हरेक कार्यालयले मासिक, त्रैमासिक र वार्षिक आय–व्यय विवरण अनिवार्य रूपमा वेबसाइटमार्फत सार्वजनिक गर्नुपर्नेछ ।सबै पालिकाले अघिल्लो वर्षको आय–व्यय विवरण, चालु वर्षको बजेट विवरण र खर्चको स्थिति समेत सार्वजनिक गर्ने व्यवस्था गरिएको छ ।

    आर्थिक प्रशासन, योजना, शिक्षा, स्वास्थ्यलगायतका शाखाहरूले आ–आफ्ना आन्तरिक नियन्त्रण प्रणालीलाई अझ सुदृढ बनाउनुपर्ने निर्णय बैठकले गरेको छ । कुनै पनि आयोजना वा योजनामा हुने खर्च, कर, दस्तुर, दान, अनुदान वा अन्य आर्थिक सहायता सम्बन्धी विवरण समयमै सार्वजनिक नगरेसम्म कुनै पनि भुक्तानी वा निकासा नहुने चेतावनीसमेत दिइएको छ ।योजना, प्रशासन र लेखा शाखाका प्रमुखहरूले पाउने भत्ता, सुविधा वा आर्थिक सहायता अब कार्यसम्पादनसँग प्रत्यक्ष जोडिने गरी निर्धारण गरिने भएको छ ।

    images
    images

    नागरिकलाई सजिलो हुने गरी प्रत्येक तहका कार्यालय प्रमुखले पारदर्शी ढङ्गले विवरण सार्वजनिक गर्नुपर्ने र सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउनुपर्ने प्रतिबद्धता समेत गरिएको छ । यससँगै सुशासन प्रवर्द्धन तथा भ्रष्टाचार नियन्त्रण अभियानलाई अझ प्रभावकारी बनाउन जिल्ला स्तरदेखि पालिका तहसम्म निगरानी समिति गठन गर्ने सहमति समेत भएको छ ।बैठकमा सीडीओ खड्कासँगै नेपाल प्रहरीका प्रहरी उपरीक्षक(एसपी) नेत्र मणि गिरी, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी, जिल्लाका १८ वटै स्थानीयतहका प्रमुख प्रशासकीय अधिकृतलगायतको सहभागिता रहेको थियो।

    1000346540

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend