images

२०८३ आश्विन १५ गते

images
images
images
  • पूर्वाधार
  • कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत...

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक प्रगति

कालीगण्डकी करिडोरको गैँडाकोट–राम्दी–मालढुङ्गा खण्डमा ८० प्रतिशत भौतिक प्रगति

images
images
बिहिवार, आश्विन २ २०८२
बिहिवार, आश्विन २ २०८२
  • काठमाडौँ । पाल्पा,राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर अन्तर्गत गैँडाकोट–राम्दी–मालढुङ्गा सडक खण्डमा हालसम्म ८० प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाका इन्जिनियर उत्सव बस्यालका अनुसार, १६ वर्षदेखि निर्माण कार्य जारी रहेको यस खण्डमा २९३ किलोमिटर मध्ये २३४ किलोमिटर सडक कालोपत्रे भइसकेको छ भने ३६ वटा पुलको निर्माण सम्पन्न भइसकेको छ। थप ६ वटा पुल अन्तिम चरणमा पुगेका छन्।

    images
    images

    सडक खण्ड बागलुङ, गुल्मी, पाल्पा, नवलपुर, स्याङ्जा र पर्वत जिल्लामा फैलिएको छ। कालीगण्डकी लोकमार्ग अन्तर्गतको मिर्मि–सेतीवेनी–फलेवास–अर्मादी–कुश्मा खण्ड स्याङ्जा र पर्वत जिल्लामा पर्छ।

    आयोजना सन् २०६६।६७ आर्थिक वर्षमा सुरु गरिएको थियो र सन् २०८३।८४ सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ। करिब २० अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस आयोजनामा हाल सम्म १४ अर्ब ७ करोड रुपैयाँ खर्च भइसकेको छ, जसअनुसार ७० प्रतिशत वित्तीय प्रगति देखिएको छ।

    images
    images

    इन्जिनियर बस्यालले जानकारी दिए अनुसार, हालसम्म १४५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न भई सम्बन्धित सडक डिभिजन कार्यालयलाई हस्तान्तरण गरिसकिएको छ। बाँकी रहेका कामहरूमा पहिरो व्यवस्थापन, ०.४२ किलोमिटर सडक निर्माण र १७ वटा पुलको निर्माण कार्य रहेका छन्।

    भौगोलिक रूपमा हेर्दा, करिडोर नवलपुरमा ७७.९७ किमी, पाल्पामा ८६.२७ किमी, गुल्मीमा ४१.०६ किमी, बागलुङमा ३४.७० किमी, स्याङ्जामा १० किमी र पर्वतमा ४३ किमी फैलिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend