images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी...

तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

तुइन खोलामा पहिरो, नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालनमा

images
images
बुधवार, आश्विन १ २०८२
बुधवार, आश्विन १ २०८२
  • काठमाडौँ । नारायणगढ–मुग्लिन सडकको मुग्लिन नजिकै तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध बनेको छ । सडक डिभिजन भरतपुरका इन्जिनियर अर्जुन घिमिरेका अनुसार साढे १२ बजे पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको थियो । तत्काल लोडर प्रयोग गरी पहिरो हटाएर सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

    images
    images

    घिमिरेले भने-  ‘अहिले पानी परेका कारण पहिरो पन्छाउन समस्या भएको छ । पानी रोकिएपछि पहिरो पन्छाएर दुईतर्फी सञ्चालनमा ल्याउँछौँ ।’ 

    यसअघि बिहान पनि सोही ठाउँमा पहिरो खस्दा अवरुद्ध बनेको थियो । तत्काल पहिरो हटाएर सडक सञ्चालनमा ल्याएको थियो ।  उक्त स्थानमा निरन्तर पहिरो झर्ने क्रम रहेकाले अत्यावश्यक बाहेक यात्रा नगर्न विभागले अनुरोध गरेको छ ।  साथै लेन अनुशासनमा रही सवारी साधन चलाउनसमेत अनुरोध गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend