images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • ५३.६३ अंकले ओरालो लाग्यो शेयर...

५३.६३ अंकले ओरालो लाग्यो शेयर बजार

५३.६३ अंकले ओरालो लाग्यो शेयर बजार

images
images
आइतवार, भाद्र १६ २०८१
आइतवार, भाद्र १६ २०८१
  •  काठमाडौं । आइतबार शेयर बजारको परसूचक नेप्से २७ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ५३.६३ अंक घटेको हो । सो अंकको गिरावटपछि परिसूचक २६९५. ९३ अंकमा कायम भएको छ ।

    images
    images

    कारोबार सुरु भएको १२ मिनेटमै नेप्से परिसूचक २७८१ अंकसम्म पुगे पनि वृद्धि टिकेन । कारोबार रकम पनि केही घटेको छ । अघिल्लो दिन १२ अर्ब २४ करोडको कारोबार भएकोमा आज १० अर्ब ५१ करोडमा खुम्चियो ।

    कुल ३१ कम्पनीको मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रह्यो । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।

    images
    images

    बैंकिङ २.३४, विकास बैंक १.८५, फाइनान्स ३.४४, होटल तथा पर्यटन २.९८, हाइड्रोपावर २.४०, लगानी १.३३, जीवन बीमा १.४४, उत्पादन तथा प्रशोधन १.८०, माइक्रोफाइनान्स १.८८, निर्जीवन बीमा १.२३, अन्य १.०४ र व्यापार समूह ०.१९ प्रतिशत घटे ।

    सुपर माइ हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो । कुथेली बुकरी स्मल हाइड्रोपावरको ८.३, सामलिङ पावरको ५.८, अपरहेवाखोलाको ५.२ प्रतिशत बढ्यो ।पिपुल्स हाइड्रोपावर, माइखोला हाइड्रोपावर र थ्रीस्टार हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । उपकार लघुवित्तको ९.९, नेपाल फाइनान्सको ९.५, मिडसोलु हाइड्रोपावरको ९.२, बुद्धभूमि हाइड्रोपावरको ७.९, हिमालयन हाइड्रोपावरको ७.९, माथिल्लो मैलुङखोलाको ७ तथा मन्दाकिनी हाइड्रोपावरको ६.२ प्रतिशत मूल्य घट्यो ।

    कारोबार रकमका आधारमा गुडविल फाइनान्स, नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स, अपी पावर र अरुणभ्याली हाइड्रोपावर क्रमशः अगाडि रहे ।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend