images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • राष्ट्रिय मानव अधिकार आयोगद्वारा ९ बुँदे...

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ९ बुँदे आह्वान

राष्ट्रिय मानव अधिकार आयोगद्वारा ९ बुँदे आह्वान

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेनजी आन्दोलनको जगमा नयाँ सरकार गठन भइसकेको वर्तमान सन्दर्भमा सम्बन्धित सबैलाई ९ बुँदे आह्वान गरेको छ । आयोगले जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन तथा  देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन आह्वान गरेको छ । 

    images
    images

    यस्तै आयोगले आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न पनि सोमबार आह्वान गरेको छ । आयोगले मुलुकमा विकसित घटनाक्रम र त्यसको निकास प्रयासलाई नजिकबाट नियालिरहेको  समेत विज्ञप्तिमार्फत जनाएको छ । 

    आयोगको ९ बुँदे आह्वान

    images
    images
     

    – जेनजी प्रदर्शनका क्रममा मृत्यु भएकाहरूको पोस्टमार्टम, दाहसंस्कार तथा पीडित परिवारलाई राहतलगायतका कार्यमा विशेष ध्यान दिन,

    – देश, जनता, लोकतन्त्र, मानव अधिकार र विधिको शासनलाई केन्द्रमा राखी सबै सरोकारवालाहरूको सहभागितामा आगामी कार्यहरू अगाडि बढाउन,

    – अन्योलपूर्ण अवस्थालाई तात्विक निष्कर्षमा पुर्‍याउन सबैले धैर्य र संयमतापूर्वक अगाडि बढ्न,

    – आफ्ना अभिव्यक्तिहरू सार्वजनिक गर्दा अरूको अधिकारको सम्मान गर्दै शिष्टता र नम्रतापूर्वक सम्प्रेषण गर्न तथा द्वन्द्व हिंसालाई प्रश्रय दिने अभिव्यक्ति नदिन,

    – आफ्ना मागहरू लोकतान्त्रिक विधि र प्रक्रिया अनुरूप शिष्टतापूर्वक राख्न,

    – विकसित परिस्थितिमा आम सर्वसाधारणको मानव अधिकारको उपभोगमा आइपर्ने अवरोधहरूको पहिचान गरी त्यस्ता अवरोधहरू हटाउन प्रभावकारी कार्य गर्न,

    – सङ्कटको अवस्थामा हुन सक्ने कालोबजारी र कृत्रिम अभावलाई नियन्त्रण गरी दैनिक उपभोग्य सामग्री र सेवालाई सुचारु रूपले सञ्चालन गर्न तथा आम नागरिकहरूको आवतजावतलाई सहज बनाउन,

    – प्रदर्शनको क्रममा भएका आगजनी र तोडफोडबाट भएको क्षतिको विवरण सङ्कलन गरी भौतिक पुनर्निर्माण र सेवा प्रवाहमा जोड दिन,

    – सङ्कटपूर्ण अवस्थालाई सामान्यीकरण गर्न सबै संघसंस्था र नागरिक समाजले जिम्मेवार नागरिकको आफ्नो दायित्व पूरा गर्न ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend