images

२०८३ आश्विन १७ गते

images
images
images
  • बजार
  • चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि सहुलियत पसल...

चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि सहुलियत पसल सञ्चालन, ४५ जिल्लामा १११ स्थानमा उपलब्ध

चाडपर्वलाई लक्षित गर्दै सोमबारदेखि सहुलियत पसल सञ्चालन, ४५ जिल्लामा १११ स्थानमा उपलब्ध

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । भदौ ३०, चाडपर्व नजिकिँदै जाँदा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सोमबार (भदौ ३१) देखि सहुलियत पसल सञ्चालन गर्ने निर्णय गरेको छ। पछिल्लो समय जेनजी आन्दोलन र त्यसपछिको अस्थिरताका कारण अन्योल बनेको भए पनि निषेधाज्ञा र कर्फ्यु हटेसँगै कम्पनीले पसल सञ्चालनको तयारी पूरा गरेको जनाएको छ।

    images
    images

    NEA.jpg

    यस वर्ष ४५ जिल्लाका १११ स्थानहरूमा स्थायी तथा अस्थायी सहुलियत पसल सञ्चालन गरिनेछ। उपभोक्ताले स्थायी बिक्री केन्द्र, अस्थायी आउटलेट, तथा अनलाइन माध्यमबाट पनि सामग्री खरिद गर्न सक्नेछन्।

    images
    images

    कम्पनीका अनुसार उपभोक्ताले निम्न छुट पाउनेछन्ः
    चामल, चिनी, गेडागुडीमाः प्रतिकिलो रु. ५ छुट
    खाने तेल, आटा, मैदा, चिउरामाः प्रतिकिलोलिटर रु. ७ छुट
    चिउरा, जिरा–धनियामाः प्रतिकिलो रु. १० छुट

    NEA.jpg

    यद्यपि, खसीबोका र च्याङ्ग्राको सहुलियत बिक्री अझै अनिश्चित छ। कम्पनीका अनुसार यसका लागि स्थानीय तहसँगको समन्वय आवश्यक पर्ने भएकाले केही दिन प्रतीक्षा गर्नुपर्ने हुन्छ।

    NEA.jpg

    पहिले नै खसीबोका र च्याङ्ग्राको अग्रिम अनलाइन बुकिङ सुरु गरिएको थियो। तर, सामाजिक सञ्जाल बन्द भएपछि प्रक्रिया रोकिएको र त्यसपछिको आन्दोलनले स्थानीय तहसँग सम्पर्क टुटेकाले बिक्री सुरु गर्न ढिलाइ भएको कम्पनीले स्पष्ट पारेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend