images

२०८३ आश्विन १८ गते

images
images
images
  • पूर्वाधार
  • नेपाल इञ्जिनियर्स एसोसिएसनले,पुनः निर्माणका लागि निःशुल्क...

नेपाल इञ्जिनियर्स एसोसिएसनले,पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने घोषणा

नेपाल इञ्जिनियर्स एसोसिएसनले,पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने घोषणा

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । भदौ ३०, देशभरका इञ्जिनियरहरुको छाता संस्था नेपाल इञ्जिनियर्स एसोसिएसनले हालैको जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनाको मूल्याङ्कन र पुनः निर्माणका लागि निःशुल्क प्राविधिक सहयोग गर्ने घोषणा गरेको छ।

    images
    images

    एसोसिएसनका महासचिव विनोदप्रकाश पण्डितले आइतबार एक विज्ञप्ति जारी गर्दै क्षतिग्रस्त संरचनाको मूल्याङ्कन, जोखिम मूल्याङ्कन, प्रयोग योग्यता जाँच तथा पुनः निर्माणको सम्भाव्यता अध्ययनमा इञ्जिनियरहरू सक्रिय भएर सहभागी हुने जानकारी दिएका छन्।

    “वि.सं. १९९० र २०७२ को विनाशकारी भूकम्पपछि क्षतिग्रस्त संरचनाको पुनः निर्माणमा नेपाली इञ्जिनियरले पुर्‍याएको योगदान उल्लेखनीय रहेको छ। त्यही सहभागीतालाई निरन्तरता दिँदै अहिलेको चुनौतीपूर्ण अवस्थामा पनि प्राविधिक सहयोग गर्ने निर्णय गरिएको हो,” विज्ञप्तिमा उल्लेख छ।

    images
    images

    एसोसिएसनका अध्यक्ष सुवासचन्द्र बरालले सर्वोच्च अदालत, काठमाडौँ जिल्ला अदालत र नेपाल बार एसोसिएसनको भवनमा प्रारम्भिक निरीक्षण गरिसकेको जानकारी दिँदै, देशभरका सम्पूर्ण इञ्जिनियरलाई अभियानमा सहकार्य गर्न आह्वान गरेका छन्।

    उनका अनुसार, प्रारम्भिक अवलोकनपछि संरचनाको जोखिम मूल्याङ्कन, प्रयोग योग्यता परीक्षण, वैकल्पिक व्यवस्थापन तथा पुनः निर्माण सम्बन्धी विस्तृत अध्ययन तथा मूल्याङ्कन गरिनेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend