images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • आजको मौसम, एकदुई स्थानमा भारी वर्षा...

आजको मौसम, एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना,कहाँ छ वर्ष?

आजको मौसम, एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना,कहाँ छ वर्ष?

images
images
सोमवार, भाद्र ३० २०८२
सोमवार, भाद्र ३० २०८२
  • काठमाडौँ । भदौ ३०, आजदेखि देशभर मौसममा बदली सुरु भएको छ भने विभिन्न स्थानहरूमा भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म खण्डित रूपमा वर्षा जारी रहनेछ।

    images
    images

    महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार, यद्यपि लगातार झरी नपर्ने भए पनि देशभर बादल लाग्नेछ भने कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ। अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएपछि वर्षा गराउने प्रणाली सक्रिय बनेको उनले बताए।

    शनिबार साँझ चितवन र नवलपुर आसपास मौसमी प्रणाली विकास भई नारायणघाट र डण्डामा भारी वर्षा भएको छ। हाल यो प्रणाली पूर्वतर्फ सर्दै छ। पछिल्ला तीन घण्टामा चितवन, नवलपरासी, बारा, गुल्मी, गोरखा र कास्की जिल्लामा वर्षा मापन गरिएको छ।

    images
    images

    देशभर हाल सामान्य बदली रहेको छ। वागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    आगामी तीन दिनको पूर्वानुमान अनुसारः

    आइतबारः गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र मधेस प्रदेशमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना।

    सोमबारः देशभर बदली रही लुम्बिनी प्रदेशलगायत पहाडी भू–भागमा मध्यम वर्षा, साथै केही स्थानमा भारी वर्षाको सम्भावना।

    भदौ ३० गते रातिः कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना।

    महाशाखाले अत्यधिक वर्षा हुन सक्ने स्थानहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend