images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • जेनजी आन्दोलनबाट मौलाकाली केवलकारमा ठूलो...

जेनजी आन्दोलनबाट मौलाकाली केवलकारमा ठूलो क्षति

जेनजी आन्दोलनबाट मौलाकाली केवलकारमा ठूलो क्षति

images
images
आइतवार, भाद्र २९ २०८२
आइतवार, भाद्र २९ २०८२
  • काठमाडौं । जेनजी आन्दोलनबाट मौलाकाली केबलकारमा भएको आगजनी र तोडफोड ठूलो क्षति हुन पुगेको छ । गैँडाकोट र नवलपुरको पहिचान, पवित्र भूमि देवघाटको शिर, नेपालको पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि र स्थानीय विकासमा महत्त्वपूर्ण योगदान दिँदै आएको यो मौलाकाली केबलकार गण्डकी क्षेत्रकै साझा गौरव भएको दाबी गरिएको छ । मौलाकाली केवलकार राष्ट्रिय सम्पत्तिको प्रतीक समेत भएको बताइएको छ ।

    images
    images

    केबलकारमा पुगेको ठूलो क्षतिलाई भुलेर पुन उठ्ने अठोट यो केबलकारले गरेको छ । मौलाकाली केबलकार कुनै व्यक्तिगत सम्पत्ति होइन, यो हजारौँ स्थानीय सेयर धनीहरूको संयुक्त लगानी तथा मेहनतको जगमा बनेको पनि केवलकारले जारी गरेक एक प्रेस विज्ञप्तिमा उल्लेख छ । देशकै पर्यटन प्रवर्द्धन, राजस्व वृद्धि सगसगै स्थानीय रोजगारी सिर्जना र स्थानीय उत्पादनको बजार विकासमा यसले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको दाबी पनि यसले गरेको छ ।तोडफोडबाट क्षति कम गर्न, आगजनी नियन्त्रण गर्ने क्रममा सहयोगको हात बढाएर सक्रिय भूमिका निर्वाह गर्नुभएका सुरक्षाकर्मी, स्थानीय समुदाय तथा कर्मचारीहरूप्रति हामी हृदयदेखि नै आभार यो केबलकारले आभार दिएको छ । यति ठूलो क्षति भए पनि हाम्रो सपना र अठोट नभाँचिएको मौलाकलिकाको भनाइ छ।

    यसले सबैले हातेमालो गरी छिट्टै सेवा सुचारु गर्नेछौँ र अझ गुणस्तरीय सेवासहित नेपालको पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याउने सङ्कल्प गरेको छ । यो सङ्कल्पलाई पहिले जस्तै अघि बढाउन स्थानीय समुदायको निरन्तर सहयोग रहने अपेक्षा सहित र सुरक्षात्मक समन्वयका लागि सम्बन्धित निकायसँग विशेष आग्रह समेत मौलाकाली केबलकार लिमिटेडले गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend