काठमाडौँ । देशभरको मौसम आज साधारणतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भूभागका केही स्थानहरूमा र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ। यसका कारण नदीनाला तथा खोला आसपासका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
यात्रा वा बाहिरका कार्यक्रम तय गर्दा मौसम अनुसारको तयारी गर्न विज्ञहरूले सुझाव दिएका छन्।




.gif)





