काठमाडौँ । भदौ २७, बडादशैँ र तिहार पर्वलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाले सहुलियत मूल्यमा खाद्यान्न उपलब्ध गराउने सहुलियत पसल सञ्चालन गर्ने भएको छ।
कम्पनीका अनुसार यस वर्ष पनि विगतका वर्षहरु जस्तै चामल, तेल र चिनी सहुलियत मूल्यमा उपलब्ध गराइनेछ। हुम्ला शाखाका प्रमुख कृष्णबहादुर थापा मगरले भदौ ३० गतेदेखि पसल सञ्चालन हुने जानकारी दिएका छन्। उनले भने, “खाद्यान्न र चिनीमा प्रतिकेजी रु ५ छुट र तेलमा प्रतिलिटर रु ७ छुट दिइनेछ।”
यस पहलले स्थानीय जनता विशेष गरी पर्वको समयमा खाद्यान्न सामाग्री सहज र कम मूल्यमा प्राप्त गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।




.gif)





