काठमाडौँ । भदौ २६, नयाँ सरकार गठनका लागि आज निर्णायक वार्ता हुँदैछ। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नेतृत्व दिन जेन–जी समूहहरू सहमत भएपछि राष्ट्रपति रामचन्द्र पौडेलसँग निर्णायक छलफल हुन लागेको हो।
वार्ता नेपाली सेनाको समन्वयमा जङ्गीअड्डामा हुनेछ। यसअघि नेतृत्वको विषयमा जेन–जीबीच मतभेद भएपछि बुधबारका लागि तय भएको वार्ता स्थगित भएको थियो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नेतृत्वका लागि प्रस्ताव गरिएको भए पनि उनले अस्वीकार गरेपछि नयाँ विकल्पको खोजीमा विवाद भएको थियो।
तर, मेयर शाहले बुधबार राति सुशीला कार्कीलाई समर्थन गर्ने घोषणा गरेसँगै स्थिति स्पष्ट भएको हो। कार्कीले पनि सञ्चारमाध्यम सँग आफू जिम्मेवारी लिन तयार रहेको प्रतिक्रिया दिएकी छन्।
कार्कीको नाममा जेन–जी समूहहरूबीच असहमति नरहेको देखिएपछि नेपाली सेनाले आज बिहान देखि नै निर्णायक वार्ताको तयारी थालेको हो।




.gif)





