काठमाडौँ । भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा शान्ति कायम गर्न नेपालीसँग आग्रह गर्दै नेपालमा भएका हिंसाका घटना हृदयविदारक भएको बताएका छन्।
उनले सामाजिक सञ्जाल एक्स मार्फत “नेपालमा भएको हिंसा हृदयविदारक छ। धेरै युवाले आफ्नो ज्यान गुमाउनु परेकोमा मेरो मन अत्यन्तै दुखित् छु। नेपालका सबै मेरा दाजुभाइ तथा दिदीबहिनीहरूलाई शान्ति–व्यवस्था कायम राख्न विनम्रता पूर्वक अनुरोध पनि गर्दछु”, उनले उल्लेख गरेका छन्।




.gif)



