काठमाडौँ । भदौ २४, प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन्। सामाजिक सञ्जाल माथिको प्रतिबन्ध र भ्रष्टाचारविरुद्ध सुरु भएको जेनजी आन्दोलन नियन्त्रण बाहिर गएपछि उनले मंगलबार दिउँसो पद त्याग गरेका हुन्।
प्रधानमन्त्रीको सचिवालयले ओलीले राजीनामा दिएको पुष्टि गर्दै हालको अस्थिरता र जनधनको क्षतिको जिम्मेवारी लिँदै यस्तो निर्णय गरिएको जनाएको छ।
सोमबार राजधानीमा भएको प्रदर्शनमा राज्यको दमनका कारण १९ जनाको मृत्यु भएपछि आन्दोलन अझ चर्किएको थियो। जेनजी आन्दोलनकारीहरुले सरकारी सम्पत्तिमा तोडफोड गर्नुका साथै विभिन्न सरकारी निकायमा आक्रमण गरेका थिए। अवस्था अत्यधिक तनावपूर्ण बन्दा बन्दै प्रधानमन्त्री ओलीले अन्ततः पद त्याग गरेका हुन्।
राजीनामापछि अब देशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ।




.gif)





