काठमाडौँ । भदौ २४, जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार दिउँसोदेखि जारी गरेको कर्फ्यु आदेश मंगलबार बिहान ५ः०० बजेसँगै अन्त्य भएको छ। प्रशासनले दुईपटक विस्तार गर्दै कर्फ्युको समय मंगलबार बिहान ५ः०० बजेसम्म कायम राखेको थियो।
पहिलो चरणमा सोमबार दिउँसो साढे १२ः०० बजेदेखि राति १०ः०० बजेसम्मका लागि कर्फ्यु जारी गरिएको थियो। तर त्यसपछि परिस्थितिलाई मध्यनजर गर्दै त्यसको अवधि थप गर्दै मंगलबार बिहान ५ बजेसम्मका लागि निरन्तर गरिएको थियो।
कर्फ्यु शीतल निवास (राष्ट्रपति कार्यालय), महाराजगञ्ज क्षेत्र, हरितगृह (उपराष्ट्रपति कार्यालय), लैनचौर क्षेत्र, नारायणहिटी दरबार संग्राहलय, सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार र संसद् भवन नयाँ बानेश्वर क्षेत्र आसपासका क्षेत्रमा लागू गरिएको थियो।
बिहान ५ः०० बजेपछि प्रशासनले कर्फ्यु अवधि थप गरेको छैन।
प्रशासनले नागरिकलाई शान्ति सुरक्षा र सार्वजनिक व्यवस्था कायम राख्न सहयोग गर्न आग्रह गरेको छ।




.gif)





