images

२०८३ आश्विन २० गते

images
images
images

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

गृहमन्त्रीसहितका उच्चपदस्थ अधिकारी अनौपचारिक बैठकमा

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । जेनजी पुस्ताले गरेको आन्दोलन रोक्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मध्याह्न साढे १२ बजेदेखि लागू हुनेगरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेपछि गृह मन्त्रालयका उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका छन् । 

    images
    images

    गृहमन्त्री रमेश लेखक राज्य व्यवस्था तथा सुशासन समिति बैठक बिचैमा छोडेर मन्त्रालय पुगेपछि उच्च पदस्थ अधिकारीहरू छलफलमा जुटेका हुन् ।गृहमन्त्री लेखक, गृह सचिव गोकर्णमणि दुवाडी, सुरक्षा समन्वय महाशाखा प्रमुख सहसचिव आनन्द काफ्लेसहितका कर्मचारीहरू आन्दोलनको सूचना संकलन गरिरहेका छन् ।

     प्रवक्तासमेत रहेका काफ्लेले आफूहरू एकै स्थानमा बसेर सूचना लिने काम गरिरहेको जानकारी दिए । ‘फिल्डमा के के भइरहेको छ भन्ने विषयमा सबै एकै स्थानमा बसेर सूचना संकलन गरिरहेका छौँ, ’ प्रवक्ता काफ्लेले भने । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend