images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • ‘हाम्रो पात्रो’– ‘१० वर्षदेखि नेपालमै दर्ता...

‘हाम्रो पात्रो’– ‘१० वर्षदेखि नेपालमै दर्ता भएर कर तिर्दै आएका छौं’

‘हाम्रो पात्रो’– ‘१० वर्षदेखि नेपालमै दर्ता भएर कर तिर्दै आएका छौं’

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । हालै सरकारले सार्वजनिक गरेको सामाजिक सञ्जाल सूचीमा ‘हाम्रो पात्रो’को नाम समावेश भएपछि प्रयोगकर्ताबीच भ्रम र प्रश्नहरू उठेपछि कम्पनीले स्पष्टीकरण दिएको छ।‘हाम्रो पात्रो’ले जारी गरेको विज्ञप्तिमा सूचीकरण सम्बन्धी निर्णयपछि विभिन्न सामाजिक सञ्जालमा अफवाह र हल्ला फैलिएको उल्लेख गर्दै वास्तविकता सार्वजनिक गरिएको छ।

    images
    images

    कम्पनीका संस्थापक शंकर उप्रेतीका अनुसार ‘हाम्रो पात्रो’को सुरुवात सन् २०१० मा विदेशमा बस्ने नेपालीलाई नेपालका चाडपर्व र विशेष दिनबारे जानकारी उपलब्ध गराउने उद्देश्यले गरिएको थियो।सन् २०१६ (वि.सं. २०७३) मा नेपालमा दर्ता भई Smart Ideas Pvt. Ltd. अन्तर्गत सञ्चालनमा आएको यस एपमा अहिले १०० भन्दा बढी कर्मचारी कार्यरत छन्। कम्पनीले नेपालमा कर तिर्दै आएको पनि विज्ञप्तिमा स्पष्ट पारेको छ । 

    सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल सूचीमा ‘हाम्रो पात्रो’लाई समावेश गरे पनि यो नेपालमा हालसालै दर्ता भएको भन्ने अफवाह असत्य भएको कम्पनीले बताएको छ। सूचीकरण भने मन्त्रालयको निर्देशनअनुसार मात्र गरिएको कम्पनीले जनाएको छ।त्यस्तै, नेपाल सरकारको कानुनअनुसार ‘हाम्रो पात्रो’ सामाजिक सञ्जालको परिभाषामा नपर्ने कम्पनीले जनाएको छ। तर, सूचीमा नाम सार्वजनिक भएपछि प्रयोगकर्ताबाट पाएको माया र समर्थनले थप हौसला मिलेको भन्दै कम्पनीले प्रयोगकर्तालाई धन्यवाद समेत दिएको छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend