images

२०८३ आश्विन १७ गते

images
images
images

एशियन थाई फुड्सको नयाँ उत्पादन बजारमा

एशियन थाई फुड्सको नयाँ उत्पादन बजारमा

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौं । नेपालकै सबैभन्दा ठूलो नुडल्स निर्यातकर्ता एशियन थाई फुड्सले नयाँ उत्पादन 'Devil's Hot Chicken Noodles' नेपाली बजारमा सार्वजनिक गरेको छ। मसालेदार स्वादप्रेमी उपभोक्तालाई लक्षित यो नुडल्स भदौ १६ देखि देशभर उपलब्ध भएको कम्पनीले जनाएको छ।२५ वर्षको इतिहास बोकेको र ३० भन्दा बढी देशमा नुडल्स निर्यात गर्दै आएको एशियन थाई फुड्सले नयाँ नुडल्सलाई 'नेपालकै सबैभन्दा मिठो स्वादा यो डेभिलीसिअस छ' भन्ने ट्यागलाइनसहित बजारमा उतारेको हो। कम्पनीका निर्देशक आशिष जाजुले यो नुडल्स साधारण तत्कालीन नुडल्स मात्र नभई सिकहरूका लागि स्वादयुक्त चुनौती भएको बताए।

    images
    images

    व्यवस्थापकीय निर्देशक महेश जाजुले भने कम्पनी हालै निजी लिमिटेडबाट लिमिटेड कम्पनीमा रूपान्तरण भइसकेको र आगामी आईपीओ तयारीअन्तर्गत नवप्रवर्तनमा जोड दिइरहेको बताए। उनका अनुसार Devil's Hot Chicken Noodles ले बोल्ड, सन्तुलित मसालासहितको अनौठो स्वाद अनुभव गराउनेछ . जसले नेपाल मात्र नभई विदेशका ग्राहकलाई समेत आकर्षित गर्नेछ।

    प्रति प्याकेट रु ५० पर्ने यो नुडल्सको ५ प्याक फ्यामिली प्याक रु २५० मा उपलब्ध हुनेछ। उपभोक्तालाई थप खुशी दिन प्रत्येक प्याकमा चकलेट वेफर समेत राखिएको छ।कम्पनीले उक्त नुडल्स भाटभटेनीसहितका ठूला खुद्रा पसल र दराज जस्ता अनलाइन प्लेटफर्ममार्फत देशका प्रमुख शहरमा उपलब्ध हुने जनाएको छ।एशियन थाई फुड्सले गुणस्तर र मौलिक एशियाली स्वादलाई निरन्तरता दिँदै उपभोक्ताको रोजाइलाई ध्यानमा राखेर नयाँ उत्पादन सार्वजनिक गर्ने प्रतिवद्धता जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend