images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८२ भाद्र २३ गते...

आजको राशिफलः २०८२ भाद्र २३ गते सोमवार

आजको राशिफलः २०८२ भाद्र २३ गते सोमवार

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक मानसम्मानमा वृद्धि हुनेछ। सम्पत्तिको क्रय विक्रयले लाभ होला। मौसम परिवर्तन भएकाले स्वास्थ्य कमजोर रहन सक्छ सचेत रहनुहोस्। समस्या दर्शाउँदा आर्थिक सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) बेरोजगारहरूको लागि रोजगार सम्बन्धी शुभ सूचना मिल्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। पुराना विवादहरू सुल्झिनेछन्। मनलाई शान्त राख्ने प्रयास गर्नुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नकारात्मक माहोलको सिर्जना हुनेछ। ईर्ष्याले गर्दा हजुरको कार्यशैलीको आलोचना होला। दाम्पत्य जीवन सुमधुर रहनेछ। धार्मिक यात्राको योग छ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

    images
    images

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यस्थलमा सही मार्गदर्शन मिल्नाले मनोबल बढ्नेछ। सानोतिनो कुराले गर्दा घरमा माहौल बिग्रेला सावधान रहनुहोस्। व्यापार व्यवसायमा सन्तानबाट सहयोग मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रेम सम्बन्धको लागि समय राम्रो रहेको छ। पारिवारिक जिम्मेवारीले गर्दा स्वास्थ्य कमजोर हुन सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कानुनी पक्ष सबल रहनेछ। कडा परिश्रम लक्ष्य प्राप्तिमा सहायक हुनेछ। सुख सुविधामा धन खर्चका योग छन्। बोलीको प्रभावले कार्य सिद्ध हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक २ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सकारात्मक सोच राख्नुहोस् सफलता मिल्नेछ। नयाँ योजनाहरू प्रारम्भ गर्न सकिनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको सहयोग नमिल्नाले कार्य सम्पादनमा समय लाग्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा समयमा कार्य पूरा गर्न सकिनेछ। वर्तमानमा गर्दै गरेको कार्यको लाभ तत्काल उठाउन नसकिएला। व्यापारमा हिसाब किताबमा सावधानी राख्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ निर्णय लिनुभन्दा अघि अनुभवी व्यक्तिसँग परामर्श लिनुहोला। आध्यात्मिक चिन्तनमा मन रमाउनेछ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा इष्टमित्रहरूबाट सहयोग पाइनेछ। पहिला गरेको लगानीबाट लाभ मिल्ला। स्वास्थ्यमा सुधार आउनेछ। विद्यार्थीहरूको पढाइमा एकाग्रता बढ्नेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक १ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक गतिविधिमा भाग लिन सकिनेछ। हराएको सामान मिल्न सक्छ। कार्यक्षेत्रमा नयाँ अवसर हात लाग्नेछ। सञ्चित धनमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भविष्यको योजनाहरूलाई साकार रूप दिने समय रहेको छ। समय अनुकूल रहनेछ। प्रशासनिक वा राजनीतिक क्षेत्रमा कार्य बन्नेछ। आकस्मिक यात्रा गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

    तपाईको दिन शुभ रहोस् ।


     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend