images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८२ भाद्र २२ गते...

आजको राशिफलः २०८२ भाद्र २२ गते आइतवार

आजको राशिफलः २०८२ भाद्र २२ गते आइतवार

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा सन्तुष्टि जनक परिणाम मिल्नेछ। नयाँ कार्यमा लगानी लगाउनु भन्दा अघि शुभचिन्तकहरूसँग सल्लाह लिनुहोस। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) करियरलाई लिएर नयाँ बाटो खुल्नेछ। धर्मकर्ममा मन लाग्नेछ। राजकीय मामलाहरू सुल्झिनेछन्। सहपाटीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछन्। भविष्यलाई लिएर योजना कोरिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

    images
    images

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) महत्वपूर्ण कार्यलाई प्राथमिकता दिनुहोस्। योग्यता साबित गर्नलाई उपयुक्त समय रहेको छ। शैक्षिक क्षेत्र फराकिलो रहनेछ। आफन्तहरूको साथ रमाइलो समय बित्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ८ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आर्थिक कारणले व्यापार व्यवसाय प्रभावित हुन सक्छ। घरमा मांगलिक कार्यको चर्चा परिचर्चा हुनेछ। सोचविचार गरेर नयाँ लगानी लगाउनुहोस्। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ७ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सही दिशातर्फ तैयारी गर्नुहोस् परिणाम सकारात्मक मिल्नेछ। अधिकारीहरूबाट सहयोग पाइनेछ। प्रभावशाली व्यक्तित्व निर्माण गर्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा सहकर्मीहरूबाट सहयोग मिल्नेछ। आफन्तहरूसँग भेटघाटले मन प्रसन्न रहनेछ। शत्रुहरू सक्रिय रहनेछन्। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक १ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सोचविचार गरेर नँया निर्णय लिनुहोला। इष्टमित्रहरूको साथमा रमाइलो समय व्यतीत हुनेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा जिम्मेवारी बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा अत्यधिक भागदौडले स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। हतारमा कुनै निर्णयमा नपुग्नुहोस्। विद्यार्थीहरूको पढाइमा मन नलाग्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यस्थलमा सहयोगीहरूसंग मनमुटावको सम्भावना रहेको छ सावधान रहनुहोस्। अध्ययन अध्यापनको लागि समय निकाल्न गारो हुनेछ। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक ३ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रचनात्मक कार्यमा रुचि बढ्नेछ। पारिवारिक वादविवादहरू आपसमा मिलेर सुल्झाउनुहोस्। दिन खर्चिलो रहनेछ विचार पुर्‍याउनुहोस्। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) विरोधीहरूले उल्झ्याउने प्रयास गर्नेछन् सचेत रहनुहोला। विवादास्पद कार्य निर्वहन गर्नुपर्ला। आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस् हराउन सक्छ। आध्यात्मतर्फ रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

    तपाईको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend