images

२०८३ आश्विन १९ गते

images
images
images
  • समाचार
  • आजको राशिफलः २०८२ भाद्र २१ गते...

आजको राशिफलः २०८२ भाद्र २१ गते शनिवार

आजको राशिफलः २०८२ भाद्र २१ गते शनिवार

images
images
शनिवार, भाद्र २१ २०८२
शनिवार, भाद्र २१ २०८२
  • मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक सद्भाव बढ्नेछ। आफन्तहरूको साथ र सहयोगले मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा बोली बिक्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

    images
    images

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा आर्थिक लाभ रहनेछ। प्रेम सम्बन्धमा सुमधुरता आउनेछ। स्वास्थ्य सन्तोषजनक रहनेछ। व्यापार व्यवसायमा पारदर्शिता राख्नुहोस्। आजको शुभ रग निलो हो भने शुभ अंक ८ रहेको छ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक क्षेत्रमा सकारात्मक स्थिति रहनेछ। नसोचेको स्थानबाट धन प्राप्त हुनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। रचनात्मक काममा प्रवृत्त भइएला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ४ रहेको छ।

    images
    images

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायभन्दा सेवा मुलुक कामबाट लाभ मिल्नेछ। सवारी साधनमा धन खर्च हुनेछ। लेनदेनको मामलामा कानुनको विपरित कार्य नगर्नुहोला नभए जरिवाना लाग्न सक्छ। चिताएको कार्य पूरा गर्दा बाधा आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वैदेशिक क्षेत्रबाट लाभ मिल्नेछ। कार्यक्षेत्रमा दीर्घकालीन योजनाहरूको रेखांकन हुनेछ साथै धैर्यताको कमीले अर्काको गल्ती आफूमाथि पर्न सक्छ सचेत रहनुहोस्। विद्यार्थीहरूको पढाइमा भन्दा खेलकुदमा मन रमाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समयको तालमेल नमिल्दा कार्य अधुरो रहन सक्ला सावधान रहनुहोस्। कार्यक्षेत्रमा गरिएको कामबाट जस पाइनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। विद्यार्थीहरूको अध्ययनमा रुचि बढ्नेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक १ रहेको छ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आँटेका काम पूरा हुनाले मन प्रसन्न रहनेछ। धन प्राप्तिको योग रहेको छ। विद्यार्थीहरूलाई मेहनत गरे अनुसार प्रतिफल प्राप्त होला। धार्मिक वा संस्कृत समारोहमा सम्मिलित भइएला। आजको शुभ रंग पहेलो हो भने शुभ अक १ रहेको छ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। जागिरमा आबद्धहरूको लागि समय अनुकूल रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। पारिवारिक मनमुटाव सुल्झिनेछ। माननीयजनहरूको सहयोगले रोकिएका कार्य पुनः प्रारम्भ हुनेछव्। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समाजमा मान प्रतिष्ठा बढ्नेछ। व्यापारलाई लिएर यात्राका योग छन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूको सहयोगले कार्य समयमा सम्पादित हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मित्रहरूले वचन पूरा नगर्दा आर्थिक हैरानी बेहोर्नु पर्ला । घरायसी समस्या बढ्नेछ, तर सामाजिक र राजनैतिक सम्बन्ध राम्रो हुनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धनार्जनका नयाँ बाटोहरू खुल्नेछन्। मित्रको सल्लाहले बिग्रेको काम बन्नेछ। साझेदारी व्यापारबाट लाभ मिल्ला। प्रेम सम्बन्धमा उत्पन्न भएका शंकाहरू समाप्त हुनेछन्। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

    तपाईको दिन शुभ रहोस् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend