images

२०८३ आश्विन १६ गते

images
images
images
  • स्वास्थ्य
  • झुम्का कारागारमा भाइरल फैलियो, अधिकांश कैदीबन्दीमा...

झुम्का कारागारमा भाइरल फैलियो, अधिकांश कैदीबन्दीमा ‘एन्जाइटी’

झुम्का कारागारमा भाइरल फैलियो, अधिकांश कैदीबन्दीमा ‘एन्जाइटी’

images
images
शुक्रवार, भाद्र २० २०८२
शुक्रवार, भाद्र २० २०८२
  • विराटनगर । सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ ।सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो । प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ ।

    images
    images

    भदौ १८ गते साँझ ७ बजे कारागारमा भाइरल फैलिएको बिरामीबारे प्रतिष्ठानलाई जानकारी दिइएको थियो । लगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिन/जनरल प्राक्टिस, एनेस्थेसियोलोजी लगायतका विभिन्न विभागका चिकित्सक, नर्स र ल्याब प्राविधिक गरी ९ सदस्यीय आरआरटी गठन गरेर सेवा सुरु गरिएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति जारी जानकारी दिएका हुन् ।आरआरटीले सरुवा रोगको सम्भावित महामारीलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाएर स्थलगत अवलोकन, जाँच पड्ताल र उपचार प्रदान गरेको छ । करिब १ हजार ८ सय कैदीबन्दी रहेको कारागारमा ४ सय जनामा समस्याको आशंका गरी स्क्रिनिङ गरिएकोमा अधिकांशमा ‘एन्जाइटी’ पाइएको थियो भने करिब १ सय जनामा उच्च ज्वरो लगायतका लक्षण देखिएको थियो ।

    टोलीले विभिन्न ब्लक बनाएर स्क्रिनिङ गरेको थियो । पहिलो ब्लकमा सबैको ‘भाइटल टेस्ट’ (ब्लड प्रेसर, पल्स, रेस्पिरेटरी रेट, तापक्रम र एसपीओ २) जाँच गरिएको थियो, जसमा खराबी देखिएका बिरामीहरूलाई थप जाँच र उपचारका लागि अन्य ब्लकमा पठाइएको थियो ।हालसम्म यस प्रकोपसँग सम्बन्धित ३ जना कैदीबन्दीको निधन भएको जानकारीमा आएको छ । जसमध्ये १ जनाको कारागारमै, १ जनाको इनरुवा जिल्ला अस्पतालमा र १ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो ।३५ जनाको डेङ्गु परीक्षण गर्दा १ जनामा आईजीएम पोजेटिभ र १ जनामा एनएस १ पोजेटिभ पाइएको प्रतिष्ठानले जनाएको छ । १० जनाको कोभिड परीक्षण गर्दा रिपोर्ट ‘नेगेटिभ’ आएको छ । प्रारम्भिक जाँच र उपचारपछि बुधबार राति १२ जना बिरामीलाई प्रतिष्ठानको इमर्जेन्सीमा थप निगरानीका लागि ल्याइएको थियो । उनीहरूमध्ये १ जनालाई नाकबाट रगत बगेको, २ जनाको रक्तचाप रहेको र १ जनाको रक्तचाप कम भएको पाइएको थियो । प्रतिष्ठानमा भर्ना भएका सबै बिरामीको अवस्था सामान्य रहेको बताइएको छ । बिहीबार थप ५ जना बिरामीलाई पनि कारागारबाट प्रतिष्ठान पठाइएको थियो ।

    images
    images

    प्रतिष्ठानको रिपोर्ट अनुसार विगत १०–१२ दिनदेखि नै कारागारबाट यस्तै प्रकृतिका बिरामी आइरहेका थिए । हालसम्म यस प्रकोपसँग सम्बन्धित ३ जना कैदीबन्दीको निधन भएको जानकारीमा आएको छ । जसमध्ये १ जनाको कारागारमै, १ जनाको इनरुवा जिल्ला अस्पतालमा र १ जनाको बीपी प्रतिष्ठानमा मृत्यु भएको थियो । प्रतिष्ठानमा मृत्यु भएका बिरामी सेप्टिक सक र मल्टिपल अर्गन डिसफङ्क्शन सिन्ड्रोमको अवस्थामा आएको विज्ञप्तिमा उल्लेख छ । आईसीयूमा राखी डाइलाइसिस गर्दा पनि उनको ज्यान बचाउन नसकिएको प्रतिष्ठानले जनाएको छ ।यद्यपि, करिब १५–१६ दिनअघि कारागारबाट आएका अर्का बिरामीलाई जापानी इन्सेफलाइटिस (जेई) भएको पत्ता लागेपछि प्रतिष्ठानले सफलतापूर्वक उपचार गरी फर्काएको थियो । भदौ १९ गते बिहान अस्पताल निर्देशकको अध्यक्षतामा बसेको समीक्षा बैठकमा विभिन्न विभागका प्रमुखहरू आरआरटी र डिजास्टर टीमका सदस्यहरूले विस्तृत छलफल गरेका थिए ।

    मेडिसिन विभागका विभागीय प्रमुख प्रा.डा. रबिन मास्केले विगत १ महिनादेखि भाइरल इन्फेक्सन र फिभरका केसहरू बढेको र कारागारको समस्या पनि भाइरल सङ्क्रमणले नै भएको सम्भावना बढिरहेको बताए । इमर्जेन्सी मेडिसिन तथा जनरल प्राक्टिस विभागका विभागीय प्रमुख प्रा.डा. रबिन भण्डारीले पनि यस भनाइमा सहमति जनाएका थिए ।बैठकले हाल आत्तिने अवस्था नरहेको तर सर्वसाधारणले भाइरल सङ्क्रमणबाट बच्न आवश्यक सावधानी अपनाउनुपर्नेमा जोड दिएको छ ।प्रतिष्ठानले यस संकटको समाधानमा राम्रो भूमिका निर्वाह गरेको र भविष्यमा यस्ता समस्या अझ बढेमा पूर्वतयारी गर्नुपर्ने निष्कर्ष निकालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को डिजास्टर टीमले पनि प्रतिष्ठानमा भर्ना भएका बिरामीहरूका साथै झुम्का कारागारबाट पनि नमूना सङ्कलन गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend