काठमाडौँ । भदौ १९, संघीय संसद् भवन, नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे प्रतिनिधिसभाको बैठक बस्ने भएको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधि, स्वास्थ्य तथा जनसङ्ख्या, कृषि तथा पशुपन्छी विकास, तथा ऊर्जा, जलस्रोत र सिँचाइ मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची रहेको छ।
सभामुखले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्नेछन्।
त्यस्तै, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिबाट सन्देश सहित फिर्ता भएको ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन विधेयक, २०७९)’ माथि पुनर्विचार गरियोस् भन्ने प्रस्ताव पनि सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ।




.gif)





