images

२०८३ आश्विन २४ गते

images
images
images

प्रभु बैंकलाई 'Nepal's Best Digital Bank for SMEs' को उपाधि

प्रभु बैंकलाई 'Nepal's Best Digital Bank for SMEs' को उपाधि

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौं । प्रभु बैंक लिमिटेडले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्था युरोमनी लिमिटेडले प्रतिष्ठित "Euromoney Award for Excellence 2025" अन्तर्गत 'Nepal's Best Digital Bank for SMEs' को उपाधि प्राप्त गरेको छ। यो सम्मान हालै सिङ्गापुरमा आयोजित एक समारोहमा प्रदान गरिएको बैंकले जनाएको छ । 

    images
    images

    यो उपलब्धिले साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रवाहमा प्रभु बैंकले खेलेको अग्रणी भूमिकालाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिएको छ। बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा, व्यवसायिक भुक्तानी, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व तिर्ने डिजिटल माध्यम, बीमा र वित्तीय परामर्श जस्ता अत्याधुनिक सेवाहरूमार्फत देशभरका SME हरूलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा महत्वपूर्ण सहयोग पुर्‍याएको छ।प्रभु बैंकले यसअघि पनि 'Bank of the Year 2023' बाट सम्मानित भई, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो सेवा र नवप्रवर्तनद्वारा सशक्त उपस्थिति जनाइसकेको छ।

    अवार्ड प्राप्तिसँगै बैंकले यसलाई नेपाली उद्यमशीलता समुदायको जित बताउँदै, ‘डिजिटल नेपाल’ को राष्ट्रिय अभियानलाई आत्मसात गर्दै आगामी दिनमा अझ नविन र व्यापक डिजिटल समाधानहरू सहित दिगो बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ । हाल बैंकले देशभर ३१२ शाखा, ४८ एक्स्टेन्सन काउन्टर र २५६ एटीएम लगायत सशक्त डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्दै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend