images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे...

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने (कार्यसूचीसहित)

प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्ने (कार्यसूचीसहित)

images
images
बुधवार, भाद्र १८ २०८२
बुधवार, भाद्र १८ २०८२
  • काठमाडौँ । भदौ १८, सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ।

    images
    images

    बैठकको कार्यसूची अनुसार सभामुखले राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्र सभामा पढेर सुनाउने कार्यक्रम छ।

    प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको ‘जलस्रोत विधेयक’ टेबुल गर्नेछन्। त्यसैगरी, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

    images
    images

    त्यसैगरी, गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ माथि राष्ट्रियसभाबाट भएको संशोधनबारे विचार गरियोस् भन्ने प्रस्ताव पनि पेस गर्नेछन्।

    साथै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि आजै बस्नेछ। समितिमा आर्थिक वर्ष २०८१।८२ को वार्षिक प्रतिवेदन र आर्थिक वर्ष २०८२।८३ को वार्षिक कार्य योजनाको मस्यौदा माथि छलफल हुने कार्यक्रम रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend