images

२०८३ आश्विन १७ गते

images
images
images
  • शिक्षा
  • दोस्रो चरणको कडा आन्दोलन गर्ने शिक्षक...

दोस्रो चरणको कडा आन्दोलन गर्ने शिक्षक महांसघको चेतावनी

दोस्रो चरणको कडा आन्दोलन गर्ने शिक्षक महांसघको चेतावनी

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • काठमाडौं । नेपाल शिक्षक महांसघले जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यालय अगाडि धर्ना दिँदै ध्यानाकर्षण पत्र बुझाएको छ ।सोमबार महांसघले विद्यालय शिक्षा विधेयकमा विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै जसपा कार्यालय अगाडि धर्ना गर्दै ध्यानाकर्षणपत्र बुझाएको हो।उनीहरुले भदौ ११ देखि निरन्तर रुपमा राजनीतिक दलका केन्द्रीय कार्यालय, पालिका र जिल्लाहरूमा दुई घण्टे धर्ना दिइरहेका छन्।

    images
    images

    महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक प्रतिनिधि सभामा दर्ता हुँदा केही र महत्वपूर्ण विषयहरु छुटेका कारण धर्ना गरेको बताएका छन्।उनले उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनका लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न दबाब दिन आन्दोलनका कार्यक्रम जारी राखेको जानकारी दिए।उनले पहिलो चरणको कार्र्यक्रम सकिएपछि दोस्रो चरणको कार्यक्रम अवरोधात्मक र कडा खालको हुने दाबी गरे।

    ‘कार्यक्रम २० गते सम्म जारी रहन्छ। त्यसपछि दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक गर्नेछौं। दोस्रो चरणका कार्यक्रमहरु अलि अवरोधात्मक र कडा खालका हुन्छन्। हाल धर्ना गर्नुको कारण समितिबाट शिक्षा विधेयकमा प्रतिनिधि सभामा दर्ता हुँदै गर्दाखेर केही विषयहरु सम्बोधन भए तर महत्वपूर्ण विषयहरु छुटेका छन्। केही महत्वपूर्ण विषयहरु उल्टो दिशामा गएको छ। उल्टो दिशामा हिँडेको विषय सुल्टो दिशामा ल्याउनको लागि र छुटेको विषयलाई समावेश गराएर ऐन जारी गर्न प्रतिनिधि सभा र राष्ट्रिय सभामा काम हुन बाँकी छ । दुवै सभामा छुटेका विषयलाई समवेशी गराएर अग्रगामी ऐन जारी गराउन धर्ना आयोजना गरिएको हो,’उनले भने ।आन्दोलनकै अगुवा नानु मैया पराजुलीले यसअघि २९ दिनको आन्दोलनमा शिक्षा विधेयकमाथि छलफल अगाडि बढेको भएपनि उपसमितिमा बुझाएको प्रतिवेदनप्रति सन्तुष्ट हुन नसकेकाले पहिलो चरणको कार्यक्रम गर्नुपरेको बताइन्।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend