काठमाडौँ । भदौ १६, देशका विभिन्न स्थानहरूमा भइरहेको लगातारको वर्षा सँगै आएको बाढी र पहिरोका कारण आज देशभर ११ वटा प्रमुख राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकमा एकतर्फी रूपमा मात्र सवारी चलिरहेको छ।
प्रहरीका अनुसार संखुवासभाको कोशी राजमार्ग, रसुवाको नेपाल–चीन जोड्ने पुल तथा पासाङल्हामु राजमार्ग, सिन्धुपाल्चोकको अरनिको राजमार्ग, रोल्पाको घोराही–रुकुम सहिद मार्ग, रुकुम पश्चिमको जाजरकोट–डोल्पा–भेरी सडक, कालीकोटको कर्णाली राजमार्ग, जाजरकोटको मोर्क–चंखिला सडक, रुकुम पश्चिमको मध्यपहाडी राजमार्ग, तथा जाजरकोट–डोल्पा सडक पूर्ण रूपमा अवरुद्ध छन्।
यसैगरी, काठमाडौँको धार्चे सडक, तेह्रथुमको मध्यपहाडी लोकमार्ग, रसुवाको गल्छि–त्रिवेणी–मैलुङ–स्याफ्रु सडक, बागलुङ र नवलपरासी पूर्वको कालीगण्डकी करिडोर, तनहुँको पृथ्वी राजमार्ग, दाङको राप्ती राजमार्ग र अर्घाखाँचीको सालझण्डी–ढोरपाटन सडकमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ।
प्रहरीका अनुसार पहिरो पन्छाउने कार्य तीव्र रूपमा भइरहेको छ र अवरुद्ध राजमार्गहरू यथासक्य छिटो सञ्चालनमा ल्याउने प्रयास जारी छ।





.gif)





